ललिता निवास प्रकरणमा आज पनि सुनुवाइ हुँदै

काठमाडौँ । ललिता निवास प्रकरण बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि आज पनि सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासमा मंगलबार बहस हुँदाहुँदै समय सकिएपछि उक्त विवादमा आज सुनुवाइ हुने भएको हो । उक्त प्रकरणमा कीर्ते गरेको अभियोगमा सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्वआयुक्त सुधिरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ […]

लागुऔषधसहित भरतपुरबाट चार पक्राउ

चितवन । विभिन्न लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । भरतपुरबाट उनीहरूलाई भारतीय कारसहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भारतको बिहारका ३८ वर्षीय सुनिल कुमार, १९ वर्षीय विकास कुमार, ५० वर्षीय राजन ठाकुर र बाराको गढीमाई नगरपालिका–१९ का ३५ वर्षीया प्रतिमा मण्डल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी […]

कांग्रेसबाट निर्वाचित वडा अध्यक्षविरुद्ध नाबालिग बलात्कार आरोपमा जाहेरी

बारा । निजगढ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजु श्रेष्ठ (राजन) विरुद्ध एक नाबालिगलाई जबर्जस्ती करणीको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन् । पीडितका तर्फबाट वडा अध्यक्ष श्रेष्ठविरुद्ध मंगलबार ईलाका प्रहरी कार्यलय निजगढमा जाहेरी परेको हो । श्रेष्ठले १५ वर्षकी नाबालिगलाई जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । दशैंको टिकाका दिन असोज १९ गते […]

बालकोटमा ११ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

भक्तपुर । ११ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं बौद्ध बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका–१३ घर भएका ३५ वर्षीय रामबहादुर सुनार रहेका छन्। उनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । भक्तपुर सूर्यबिनायक नगरपालिका–२ बालकोटस्थित बालिकाकै कोठामा सुनारले ती बालिकालाई बलात्कार गरेको प्रहरी वृत्त ठिमीले जनाएको छ। घटनाबारे […]

२८ लाख ५६ हजार भारुसहित ३ जना पक्राउ

वीरगञ्ज । प्रहरीले ठूलो परिमाणमा भारतीय रुपैयाँ सहित वीरगञ्जबाट तीन जना महिलालाई पक्राउ गरेको छ । नुवाकोटका ४५ वर्षीया अनिता तामाङ र ४४ वर्षीया सरिता अग्रवाल तथा धादिङकी ३० वर्षीया मन्जु तामाङ पक्राउ परेका हुन् । उनीहरुको साथबाट २८ लाख ५६ हजार भारतीय रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक […]

विमानस्थलबाटै पक्राउ परे सन्दीप लामिछाने

काठमाडौं । बलात्कारको आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परेका छन् । दोहाबाट कतार एयरवेजको जहाजमार्फत आज बिहीबार बिहान नेपाल फर्किएका उनलाई विमानस्थलबाट पक्राउ गरिएको हो । भदौ २१ मा एक किशोरीले लामिछानेविरुद्ध बलात्कार गरेको आरोपमा काठमाडौं प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । भदौ २३ गते काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध […]

गोठाटारको मोहम्मदको हत्यामा संलग्न ३ आरोपी सार्वजनिक

काठमाडौं । काठमाडौंको गोठाटारमा गत असोज ३ गते सर्लाहीका व्यापारी लाल महम्मद दर्जीको हत्यामा संलग्न तीन जनालाई सार्वजनिक गरिएको छ । शुक्रबार प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गर्दै हत्यामा संलग्न भएका तीन जनालाई सार्वजनिक गरेको हो । काठमाडौंको गोठाटारमा गत ३ असोजमा गोली हानी हत्या गर्न सहयोग गरेको आरोपमा तीन जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक […]

यात्रुलाई टिकटमा ठगी गर्ने ३३ जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकाबाट दसैंका लागि आआफ्नो घर जान टिकट काट्ने यात्रुलाई ठगी गर्ने ३३ जना व्यक्ति पक्राउ परेका छन् । यात्रुलाई बढी भाडा लिने, फर्जी टिकट दिने वा डबल टिकट लिनेलगायत ठगी गर्नेलाई महानगरीय प्रहरी कार्यालयले पक्राउ गरी कारबाहीका लागि नजिकैका महानगरीय प्रहरी वृत्त वा प्रभाग पठाएको छ । यात्रुलाई चाडपर्वको मौका छोपी ठगी […]

आयुष ओभरसिज प्रालिका सञ्चालक उदितनारायण मानव बेचविखनको आरोपमा पक्राउ

काठमाडौं । मानव बेचबिखनको आरोपमा काठमाडौंको सिनामङ्गलस्थित आयुष ओभरसिज प्रालिका सञ्चालक उदितनारायण शाह पक्राउ परेका छन् । उनीहरुले कम्बोडियामा कम्प्युटर अपरेटरसम्बन्धी काममा नौ सयदेखि एक हजारसम्म अमेरिकी डलर कमाई हुने भनी प्रलोभनमा पारेर अश्लील गतिविधिमा संलग्न गराई अन्य व्यक्तिबाट पैसा ठगी गर्ने कार्यमा संलग्न गराइएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले आज एक विज्ञप्ति जारी गरी […]

ट्रायलमा फेल भएका ६२ जना चालकले सेटिङमा लाईसेन्स लिएपछि अख्तियारले थाल्यो छानबिन

काठमाडौं । फेल भएका ६२ जनाले लाइसेन्स पाएको घटनामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन सुरू गरेको छ। हेभी सवारीसाधन (जी समूह) चालकको लाइसेन्स परीक्षामा यातायात व्यवस्था कार्यालय, वीरगन्जमा फेल भएका ६२ जनाले लाइसेन्स पाएको घटनामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालयले छानबिन सुरू गरेको हो। गत जेठ र असारका विभिन्न मितिमा ट्रायल परीक्षामा अनुत्तीर्ण भएका ६३ […]