एसईई चैतको दोस्रो हप्तादेखि सुरु हुने

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को वार्षिक परीक्षा चैत दोस्रो हप्तादेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको शैक्षिक सत्र २०७९ को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका अनुसार २०७९ को चैत दोस्रो सातादेखि एसईई परीक्षा हुने छ । त्यसको नतिजा २०८० को असार तेस्रो हप्ताभित्र प्रकाशन गरिने कार्यतालिका […]

कोरोना संक्रमितले कसरी परीक्षा दिने ?

काठमाडौँ । कोरोना भाईरको कारण सम्पूर्ण विद्यालयहरु बन्द छन् तर, यतिबेला विश्वविद्यालयहरुले भने पूर्व निर्धारित तालिकाअनुसारको परीक्षाहरु भने संचालनमा रहेको छ । अहिले स्नातक तह चौथो वर्षको परीक्षा चलिरहेको छ । यस्तो अवस्थामा कोरोना संक्रमित विद्यार्थीले कसरी परीक्षामा भाग लिने भन्ने अन्योल कायमै रहेको अवस्थामा परीक्षा जारी छ । विश्वविद्यालयले कोरोना सङ्क्रमित भएका परीक्षार्थीलाई अलग […]

कोरोनाको कारण आजदेखि माघ १५ सम्म विद्यालय बन्द गर्ने निर्णय

काठमाडौं । कोभिड–१९ संक्रमण रोकथामका लागि बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । विद्यालय बन्द गर्ने निर्णय आजदेखि नै लागू हुने जनाइएको छ । अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने, मेला महोत्सव रोक्नका लागि गृह मन्त्रालयलाई सिफारिस गर्ने […]

बिहीबारदेखि वैदेशिक रोजगारीमा जाने बाटो बन्द

काठमाडौं । वैशाख २३ गतेदेखि वैदेशिक रोजगारीमा जानेहरु रोकिने भएका छन् । सरकारले वैशाख २३ गतेदेखि लागू हुने गरी अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेपछि भिसा लागिसकेका श्रमिक पनि रोकिने भएका हुन् । यसअघि २०७६ चैतमा सरकारले लकडाउन गर्दा पनि श्रमिकहरु विदेश जानबाट रोकिएका थिए । सरकारले २०७७ असारपछि मात्रै श्रमिकलाई विदेश जान श्रम स्वीकृति दिन […]

प्रश्नपत्र आउट गराएको आरोपमा विराटनगरबाट १० जना पक्राउ

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको प्रश्नपत्र परीक्षाअघि नै सार्वजनिक भएको घटनामा संलग्नताको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । वैशाख ३ गते विश्वविद्यालयको इन्जिनियरिङ संकायतर्फ बीई दोस्रो सेमेस्टरको फिजिक्स विषयको प्रश्नपत्र परीक्षापूर्व नै सार्वजनिक भएको थियो । उक्त घटनामा संलग्नको आरोपमा कोमलप्रसाद गौतम, गोपाल कार्की, विजय पोखरेल, मिनप्रसाद भट्ट, भरत पठन, विकास खड्का, निर्मल खड्का, […]

बागलुङको विद्यालय एक सातालाई बन्द

पोखरा । विद्यालयमा कोरोना जोखिम बढेको भन्दै बागलुङ नगरपालिकाले सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । बागलुङ नगरपालिकाले नगरप्रमुख जनकराज पौडेलको अध्यक्षतामा बसेको बैठकले वैशाख १२ गतेदेखि लागू हुनेगरी सम्पूर्ण शिक्षण बन्द गर्ने निर्णय गरेको हो । शैक्षिक संस्था, ट्युसन, भाषा तयारी कक्षा तथा कोचिङ कक्षाहरु वैशाख १९ गते सम्म बन्द गर्ने निर्णय […]

जापान, अष्ट्रेलियासहित ५ देशमा वैदेशिक अध्ययन स्वीकृतिपत्र दिन बन्द

काठमाडौं । सरकारले पाँच देशका लागि वैदेशिक अध्ययन स्वीकृतिपत्र (नो अब्जेक्सन लेटर) जारी गर्न बन्द गरेको छ । बुधबारदेखि जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश र चीनका लागि वैदेशिक अध्ययन स्वीकृतिपत्र दिन बन्द गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव नारायणप्रसाद पोख्रेलले जानकारी दिएका छन् । मन्त्रालयले बुधबार सूचना जारी गर्दै कोरोना संक्रमणको नयाँ भेरियन्ट फैलिरहेको […]

सीसीएमसीद्वारा तीनसाता शैक्षिक संस्था बन्द गर्न प्रस्ताव

काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कम्तिमा तीनसाता शैक्षिक संस्था बन्द गर्न प्रस्ताव गरेको छ । काठमाडौं, पोखरासहितका विभिन्न स्थानमा विद्यालय तथा क्याम्पसमा नयाँ भेरियन्टको संक्रमण बढेको भन्दै कम्तिमा तीनसाता विद्यालय बन्द गर्न प्रस्ताव गरेको छ । संक्रमणको अवस्था हेरेर स्थानीय तहले पनि यो निर्णय लिन सक्ने बताइएको छ ।  त्यसैगरी जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा […]

आजदेखि विद्यालय सञ्चालन हुँदै

काठमाडौँ । वायु प्रदूषण कम भएपछि आजदेखि सबै विद्यालय सञ्चालन हुँदैछन् । वायु प्रदूषण बढेपछि सरकारले यही चैत १७ गतेदेखि देशैभरिका विद्यालय चार दिनसम्म बन्द गराएको थियो । वायु प्रदूषणले विद्यार्थीमा स्वास्थ्य समस्या आउन सक्ने भन्दै शिक्षा मन्त्रालयले विद्यालय बन्द गर्न निर्देशन दिएको थियो। सरकारले विद्यालय बन्द गर्ने निर्णय गरे पनि उपत्यका बाहिरका कतिपय जिल्लामा […]

बौद्धिक चोरी गर्ने सात प्राध्यापक कारबाहीमा 

 काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) कार्यकारी परिषद्ले बौद्धिक चोरीको गर्ने सात प्राध्यापकलाई कारबाही गरेको छ । फ्रान्सका प्राध्यापक आरमेली वेलको क्रिस्टल स्ट्रक्चर नामक कृतिबाट चित्रसहितको सामग्री हुबहु नक्कल गरेर आफ्नो नाममा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित गरेको पाइएपछि परिषद्ले सात प्राध्यापकलाई कारबाही गरेको हो । त्रिविको विराटनगरस्थित महेन्द्र मोरङ बहुमुखी क्याम्पसका रसायन शास्त्रका प्राध्यापक डा। पर्शुराम मिश्र, […]