जुम्लामा उमेर नपुग्दै आमा बन्ने किशोरीको सङ्ख्या घट्दै

जुम्ला । सचेतनाका कार्यक्रमको विस्तार तथा शिक्षा क्षेत्रमा महिलाको पहुँच बढ्दै गएकाले जुम्लामा २० वर्ष नपुग्दै आमा बन्ने किशोरीको सङ्ख्यामा कमी आएको छ । विगत वर्षको तुलनामा गत आवमा जिल्लामा २० वर्ष नपुग्दै सुत्केरी हुने किशोरीको सङ्ख्यामा कमी आएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख प्रेम सुमाइले जानकारी दिए । उक्त कार्यालयको तथ्याङ्कनुसार आर्थिक […]

१० जिल्लामा डेङ्गु सङ्क्रमण ह्वातै बढ्यो

काठमाडौँ । पछिल्लो समय डेङ्गु सङ्क्रमण बढेको पाइएको छ । पानी लगातार पर्न थालेपछि डेङ्गु सङ्क्रमण उच्च भएको हो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले एक हप्ता यता सङ्क्रमण बढेको बताए । उनका अनुसार लगातार परिरहेको पानीले गर्दा सरसफाइमा ध्यान पुग्न सकेको छैन । सोही कारण सङ्क्रमण दैनिक बढिरहेको छ । […]

पर्वतको ४० प्रतिशत पिउनेपानीमा दिसाका जीवाणु भेटियो

पर्वत । पर्वतमा रहेका पानीका मुहानमध्ये ४० प्रतिशतमा दिसामा हुने जीवाणु ‘इ।कोली’ को मात्रा उच्च रहेको पाइएको छ । जिल्लाका सात स्थानीय तहमा पुगेर नमूनाका रूपमा लिइएका मुहानका पानी परीक्षण गर्दा ४० प्रतिशतभन्दा बढी मुहानको पानीमा इ।कोली र कोलीफर्म रहेको पाइएको स्वास्थ्य कार्यालय पर्वतका निमित्त प्रमुख सन्तोष पौडेलले जानकारी दिए । यो नतिजाले जिल्लाका अधिकांश […]

प्रचण्ड पत्नी सीता आइसीयूमा

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन् । सीताको स्वास्थ्यमा समस्या आएपछि ललितपुरको मेडिसीटी अस्पताल भर्ना गरिएको छ । अस्पताल स्रोतका अनुसार सीताको आइसीयूमा उपचार भइरहेको छ । सीता लामो समयदेखि पार्किन्सन जस्तै लक्षण भएको प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट पीडित छन् । सीता मधुमेह र उच्च […]

काठमाडौंको बर्गर हाउसमा खानै नमिल्ने मासु भेटियो

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर क्षेत्रका मिठाई पसल, रेष्टुरेन्ट तथा थकाली खाना घरहरूको भान्छामा स्वच्छता र सफाइको समस्या देखिएको छ । आज काठमाडौँ महानगरपालिकाले गरेको अनुगमनका क्रममा यस्तो अवस्था देखिएको हो । स्वास्थ्य विभागको नेतृत्वमा गएको अनुगमनका क्रममा वडा नं. १० मा रहेको द थकाली एण्ड सेकुवा क्याफे र थाकखोला ग्रुप प्रा. लि.ले सञ्चालन गरेको […]

डेंगुबाट हालसम्म ४८ जनाको मृत्यु

काठमाडौं । हालसम्म डेंगुबाट ४८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत साउनदेखि हालसम्म ४० हजार २९ जना डेंगु सङ्क्रमित भएका छन् । मन्त्रालयका अनुसार ७७ जिल्लामा डेंगु फैलिएको छ ।

जडान गरेको दुई महिनामै बिग्रियो अक्सिजन प्लान्टको उपकरण

काठमाडौं । जिल्ला अस्पताल खोटाङमा जडान गरिएको अक्सिजन प्लान्ट उद्घाटन गरेको दुई महिना नबित्दै बिग्रिएको छ । अक्सिजन प्लान्टको थ्री फेज स्टेप्लाइजरको पिसी बोर्ड बिग्रँदा २० दिनदेखि अक्सिजन उत्पादनको काम बन्द भएको जिल्ला अस्पतालका प्रमुख डा नितु लामाले बताइन् । मुन रक्स इन्टरनेशनल प्रालिले जडानको जिम्मा लिएको अक्सिजन प्लान्ट गत साउन २३ गते औपचारिकरूपमा उद्घाटन […]

सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार

काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा सुधार आएको अस्पतालले जनाएको छ । किष्ट मेडिकल कलेज तथा शिक्षण अस्प्तालमा उपचाररत जोशीको स्वास्थ्यमा सामान्य सुधार भएको अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। ‘मुटुको चालसम्बन्धी समस्यामा पनि केही सुधार देखिएको र उहाँले सामान्य प्रतिक्रिया देखाउनुभएको छ’, विज्ञप्तिमा भनिएको छ। जोशीको गत […]

राष्ट्रपति भण्डारीलाई अस्पतालले ‘डिस्चार्ज’ दिएन

काठमाडौं । स्वास्थ्यमा समस्या देृखिएपछि उपचारका लागि आज बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारी आज अस्पतालमै वस्ने भएकी छन् । उपचारमा खटिएका चिकित्सकका अनुसार रगत परिक्षणको रिपोर्टमा कुनै पनि समस्या देखिएको छैन । चार दिनदेखि ज्वरो तथा रुघाखोकीले थला परेकी उनी स्वास्थ्य उपचारका लागि शनिबार बिहान शिक्षण अस्पताल महाराजगन्ज पुगेकी थिइन् । […]

देशभर डेंगुबाट ४१ जनाकाे मृत्यु

काठमाडौं । हालसम्म डेंगु संक्रमणका कारण ४१ जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले झाडापखाला, हैजा र डेंगुबाट बच्न आग्रह गरेको छ । डेंगुबाट बच्न घरपर तथा कार्यस्थलमा सफा पानी जमेको ठाउँमा लामखुट्टेले फूल पार्ने भएकाले पानी जम्न नदिने, घरका झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउन र पूरै शरीर ढाक्ने लुगा लगाउन सरकारले […]