दक्षिण कोरियामा भिडमा किचिएर १५१ जनाको मृत्यु

काठमाडौं । दक्षिण कोरियाको राजधानी सिओलमा भिडमा किचिएर १५१ जनाको मृत्यु भएको छ भने ८२ जना घाइते भएका छन् । मृत्यु हुनेमा १९ जना विदेशी नागरिक रहेको बीबीसीले जनाएको छ । तथ्यांक संकलन र उद्धारको काम जारी रहेकाले हताहती हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको अधिकारीहरुले बताएका छन् । हेलोविन पर्व मनाउनका लागि इथेवन भन्ने […]

सुडानमा जातीय हिंसामा परी १५० को मृत्यु, सय जना घाइते

काठमाडौं । अफ्रिकी मुलुक सुडानमा पछिल्ला दुई दिनमा भड्किएको जातीय हिंसामा करिब डेढ सय जना मानिसको मृत्यु भएको छ । सुडानको दक्षिणी ब्लुनाइल राज्यमा जग्गाको स्वामित्व सम्बन्धि विवादमा झडप हुँदा ठूलो संख्यामा मानिसहरुको मृत्यु भएका हुन । मृत्यु हुनेमा महिला, बालबालिका र वृद्ध(वृद्धाहरु धेरै रहेको स्थानीय अस्पतालले जनाएको छ । सोही घटनामा करिब १ सय […]

रुस–युक्रेन युद्धका कारण २८ लाख बालबालिका गरीबीको रेखामुनि

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध चर्किदै जाँदा दुवै देशका २८ लाख बालबालिका गरीबीको रेखामुनि पुगेको प्रतिवेदन सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसंघ बाल एजेन्सी युनिसेफले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार युक्रेनमा रुसको आक्रमणले गहिरो आर्थिक संकट बढ्दै गएको देखाएको हो । युक्रेनमा युद्धका कारण उत्पन्न आर्थिक सकंटको सबै भन्दा ठूलो बोझ बालबालिकामाथि परेको प्रतिवेदनमा […]

केदारनाथ नजिकै हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु

एजेन्सी । उत्तराखण्डको केदारनाथ नजिकै गरुडछट्टीमा मंगलबार हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा परी पाइलटसहित हेलिकप्टरमा सवार सबै सात जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भारतीय समाचार एजेन्सी पीटीआईले रुद्रप्रयाग जिल्ला प्रकोप व्यवस्थापन अधिकारीहरूलाई उद्धृत गर्दै हेलिकप्टरमा सवार सबै सात जनाको मृत्यु भएको समाचार लेखेको छ। उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरण ९युसीएडीए० […]

सी जिन्पिङ ऐतिहासिक तेस्रो कार्यकालको बाटोमा

काठमाडौं । दशकौँ लामो परम्पराभन्दा भिन्न प्रतिनिधिहरूले सीलाई यस सम्मेलनमार्फत् तेस्रो कार्यकालका लागि पार्टी प्रमुख बनाउने सम्भावना छ। शून्य कोभिडलाई उनले ‘भाइरसको फैलावट रोक्न गरिएको पूर्ण आकारको जनताको लडाइँ’ बताए। उक्त नीतिले जीवनहरू बचाएको छ तर चिनियाँ नागरिक र अर्थतन्त्रको लागि सजायकारी माध्यम समेत बनेको छ। लकडाउन र यात्रा प्रतिबन्धहरूबारे बढ्दो रूपमा मानिसहरूको निराशा बढिरहेको […]

भ्लादिमिर पुटिन रुसी राष्ट्रपतिले के सोचिरहेका छन् र के गर्न खोजिरहेका छन् ?

सबैभन्दा पहिले म एउटा कुरा स्पष्ट गर्न चाहन्छु। क्रेम्लिनमा के भइरहेको छ भन्ने थाहा पाउन मसँग कुनै पनि यन्त्र छैन र पुटिनसँग सिधा टेलिफोन सम्पर्क गर्ने पहुँच पनि छैन। अमेरिकी पूर्व राष्ट्रपति जर्ज डब्लू बुसले एकताका आफूले पुटिनको आँखामा हेरेर उनको ‘आत्मामा चलिरहेको कुराको छनक पाएकोू बताएका थिए। तर रुसको पश्चिमासँगको सम्बन्ध कसरी समाप्त भयो […]

टर्कीस् कोइलाखानी विस्फोट हुँदा ४० को मृत्यु, दर्जनौँ पुरिए

आन्तरिक मामिला मन्त्री सुलेमान सोयलुका अनुसार खानीबाट ५८ जनाको जिवितै उद्धार गरिएको छ भने अझै दर्जनौँ मानिसहरू पुरिएका छन्। विस्फोटको समयमा खानीमा करिब ११० जना मानिसहरू काम गरिरहेका थिए। जसमध्ये आधा भन्दा धेरै मानिसहरू खानीभित्र ३०० मिटरको गहिराइमा थिए। टर्कीका स्वास्थ्य मन्त्रीले ११ जना मानिसहरूको उद्धार गरिएको र उनीहरूको अस्पतालमा उपचार भइरहेको बताएका छन्। आपतकालिन […]

चीनका सहरमा फेरि बढ्यो कोरोना संक्रमण, विद्यालय र मनोरञ्जन स्थल बन्द

चीन । कोभिड संक्रमणका घटनामा वृद्धि भएसँगै सेन्झेन र सांघाईलगायतका ठूला सहरहरूमा परीक्षण तीब्र पारिएको छ । ती सहरका केही क्षेत्रमा विद्यालय, मनोरञ्जन स्थल, पर्यटकीय केन्द्रहरू बन्द भएका छन् । यस महिनाको सुरुमा राष्ट्रिय दिवस ‘गोल्डेन विक’को समयमा बढेको घरेलु यात्रापछि बढेको वृद्धिसँगै संक्रमण अगस्टदेखि सबैभन्दा उच्च विन्दुमा पुगेको छ । अधिकारीहरूले अक्टोबर १० मा […]

पुटिनले युक्रेनी जनताविरुद्ध अपराध गरे : बाइडेन

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनको राजधानी कीभ लगायतका शहरहरुमा गरेको मिसाइल आक्रमणलाई आतंकवादी कारबाहीको संज्ञा दिएका छन् । उनले रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले युक्रेनी जनताविरुद्ध युद्ध अपराध गरेको आरोप समेत लगाए । उनले रुसमाथिको अमेरिकी प्रतिबन्ध जारी नै रहने बताए । राष्ट्रपति पुटिन अत्याचार र युद्ध अपराधको जिम्मेवार हुनुपर्ने उनले बताए । […]

महिनौँपछि राजधानी किएभमा दर्जनौँ विस्फोटन, कयौँ मारिए

किएभमा सोमवार बिहानै भएका धेरैवटा विस्फोटनमा कैयौँ मानिसहरूको मृत्यु हुनुका साथै घाइते भएको युक्रेनी आपत्कालिन सेवाहरूले जनाएका छन्। युक्रेनको आन्तरिक मामिला मन्त्रीका एकजना सहयोगीले बताए अनुसार क्षेप्यास्त्र हमलाका कारण आठ जना मानिसहरूको मृत्यु हुनुका साथै २४ जना घाइते भएका छन्। युक्रेनको राजधानी सहरको केन्द्रमा स्थानीय समय अनुसार बिहानको ८ बजे लगत्तै कम्तीमा दुई वटा विस्फोटनको […]