कृषि व्यवसायमा मोह बढाउँदै भोजपुरका युवा

भोजपुर । भोजपुरमा विदेशको भोगाइपछि आफ्नो ठाउँ फर्केर उद्यम, व्यवसायमा लाग्ने युवाको सङ्ख्या बढेको छ । सरकारको तर्फबाट विदेशबाट फर्केर उद्यम, व्यवसायमा लाग्ने युवाहरूका लागि विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिएपछि युवामा कृषिप्रति मोह बढेको हो । यहाँका युवाले अहिले व्यावसायिकरूपमा कृषि गरेर मनग्य आम्दानीसमेत गर्दै आएका छन् । लामो समयसम्म विदेशमा पसिना बगाए पनि राम्रो […]

ज्याला वृद्धिको माग गर्दै चिया श्रमिक आन्दोलित

काठमाडौँ । झापा र इलामको चिया बगानमा कार्यरत ७० हजार श्रमिक ज्याला वृद्धिलगायतका माग राखी आन्दोलित भएका छन् । नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिएका कारण चिया बगानका श्रमिक सङ्गठितरूपमा आन्दोलित हुनुपरेको नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घका केन्द्रीय उपाध्यक्ष सइकुमार राईले बताए । नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घ, नेपाल चिया बगान […]

नेपाली किसान कृषि प्रविधि सिक्न कोरिया जान पाउने

काठमाडौं । नेपाली किसानलाई कोरियामा कृषि कर्म सिक्ने अवसर सृजना गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्र (एईसी) र कोरियाली ग्लोबल मल्टी कल्चरल सेन्टर (जीएमसी) बीच सम्झौता भएको छ । कृषि सीप, प्रविधि आदानप्रदानसम्बन्धी सम्झौतामा कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गी र जीएमसीको तर्फबाट महासचिव योङ्सु (इरिक) मुनले सोमबार हस्ताक्षर गरे । […]

उखु किसानको वक्यौता नदिने मिलको बैंक खाता र जग्गा रोक्का गर्न निर्देशन

काठमाडौं । उखु किसानको भुक्तानी नदिने उखु मिलहरुको बैंक खाता र जग्गा तत्काल रोक्न निर्देशन दिएको छ । वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले उखुको भुक्तानी नदिने श्रीराम, इन्दिरा, हिमालयन, अन्नपूर्ण र लुम्बिनीको बैंक खाता र जग्गा रोक्नका लागि पत्राचार गरिएको बताएका छन् । हाल देशैभरी रहेका २९ वटा चिनी मिलमध्ये ८ वटा सञ्चालमा छन् […]

युरिया मल आएपछि पर्साका किसान हर्षित

वीरगञ्ज । रासायनिक मल युरियाविना धान रोपेका पर्साका किसान गहुँ याममा सो मल पाएपछि हर्षित भएका छन् । साउनदेखि युरिया मलको अभाव हुँदा गहुँ खेती प्रभावित भएपछि यहाँका किसान निराश भए पनि केही दिनयता युरिया मल आउन थालेपछि यहाँका किसानलाई गहुँ खेती गर्न सहज भएको छ ।  नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी […]

‘अलैँचीको उत्पादन बढेर के गर्नु भाउ छैन’

इलाम– बेँसी र चुरे क्षेत्रका किसानलाई यतिबेला अलैँचीको चटारोले छोपेको छ । अलैँचीको सिजन शुरु भएकाले टिप्ने र छोडाउने कामको चटारो परेको हो । मौसम नबिग्रिएको (पानी नपरेका) ले अहिले अलैँची टिप्न उपयुक्त भएको किसानको भनाइ छ । गएका वर्षामा यो सिजनमा पानी परेकाले अलैँची कुहियो । तर, यो वर्ष घाम लागेकाले समस्या छैन । […]

चियाको अवैध निकासी : देख्दैन प्रशासन, सांसद निरीह

इलाम– “चियाको बारेमा त बोल्न पनि मन लाग्दैन । गाडीका गाडी भारततर्फ चिया जान्छ कोही देख्दैन”, चिया उद्योगी तथा प्रदेश नं १ का सांसद काजीमान कागतेले फोनमार्फत यस्तो प्रतिक्रिया दिए । कागतेले शुरुमै भने, “यो चिया कसरी जाँदैछ ? प्रशासनले के हेरेर बसेको छ ? स्थानीय तह किन बोल्दैन”, कागतेले आफ्ना कुरा राखे र सम्पर्क […]

किवी खेतीतर्फ किसानको आकर्षण

डडेल्धुरा– पछिल्लो समयमा डडेल्धुराका कृषकहरु व्यावसायिक किवी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । केही वर्षअघि तरकारी उत्पादन हुने खेतमा आजभोलि भने कृषकहरु किवी खेती गरेर मनग्य आम्दानी गर्न थालेका हुन् । किवी खेतीका लागि डडेल्धुरामा उपयुक्त वातावरण भएकाले कृषकहरु व्यावसायिकरूपमा किवी खेतीतर्फ आकर्षित हुन थालेका हुन् । डडेल्धुराको अमरगढी–२ का हिक्मत खडायतले नौ रोपनीभन्दा […]

भारतीय मलको भरमा परेका किसान चर्को मूल्य तिरेर किन्न बाध्य

रौतहट– सरकारी अनुदानको रसायनिक मल नपाइएपछि रौतहटका किसान भारतीय मलमाथि निर्भर हुनुपर्ने वाध्यता छ । खुल्ला सिमानाका कारण घोडासान, चैनपुर, बरगिनीया, छौडादानो र आधापुरलगायत भारतीय बजारबाट किसानले रसायनिक मल ल्याएर खेतमा छर्नुपर्ने वाध्यता रहेको किसानको भनाइ छ । “कृषि सामग्री केन्द्रमा मल नआउँदा सीमावर्ती भारतीय बजारबाट जेनतेन गरेर मल ल्याएर धान खेतमा छरेँ”, रौतहट वौधीमाई […]

अझै पूरा भएन चियाको ‘अक्सन’

इलाम– छ वर्षअघि निर्माण शुरु भएको नेपाली चियाको लिलाम बिक्री केन्द्र (अक्सन सेन्टर) अझै पूरा भएको छैन । क्रेतालाई नेपालमै भित्र्याएर चिया बेच्ने उद्देश्यले अक्सन मार्केट खोल्न शुरु भए पनि अझै निर्माण पूरा भएको छैन । अक्सनमार्फत स्थानीय बजारबाटै चिया बेच्नका लागि अक्सन निर्माण गर्न खोजिएको हो । हालसम्म निर्माण पूरा नहुँदा क्रेताले सबै चिया […]