एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन् । कम्बोडियामा हुने निर्वाचनको पर्यवेक्षकका रुपमा अध्यक्ष ओलीसहितको छ सदस्यीय टोली गए राति कम्बोडिया प्रस्थान गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। टोलीमा अध्यक्ष ओलीसँगै पत्नी राधिका शाक्य, पार्टीका उपमहासचिव विष्णु रिमाल, अध्यक्ष ओलीका स्वकीय सचिव राजेश बज्राचार्यलगायत रहेका छन्। अध्यक्ष […]

घन्टीमा भोट हालेकाहरु अब शंख बजाएर सूर्यको आरती गर्छन् : गोकुल बाँस्कोटा

चितवन– आगामी बैशाख १० गते हुने उप निर्वाचनमा नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुलप्रसाद बाँस्कोटाले तीनै क्षेत्रमा एमालेले विजयी हुने दाबी गरेका छन्। ‘भदौरे बाढीले ल्याएको लेदो जति सफा भएर नारायणी कञ्चन भएको छ। चितवनमा वैशाखे पालुवा पलाउन थालेका छन्, चैते हुरीको कुनै काम छैन,’ उनले भने। बाँस्कोटाले पहिले घन्टीमा भोट हाल्नेहरूले अब शंख बजाएर सूर्यको […]

चितवन–२ मा १२ जना स्वतन्त्र उम्मेदवारसहित २४ जनाको उम्मेदवारी दर्ता

चितवन । आगामी वैशाख १० गते चितवन निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय क्षेत्र नं। २ का सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले दिएको जानकारी अनुसार आज सोमबार साँझ ५ बजेसम्म २ महिलासहित २४ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । त्यसमा १२ जना दलका […]

निर्वाचनमा पराजित भएपछि शेरधन राईको मतदातालाई गुनासो

भोजपुर । नेकपा एमालेको तर्फबाट भोजपुर जिल्लाबाट प्रतिनिधिसभाको उम्मेदवार शेरधन राई पराजित भएका छन् । राई गठबन्धनका उम्मेदवार सुदन किरातीसँग २ हजार भन्दा बढी मतान्तरले पराजित भएपछि सामाजिक सञ्जालमार्फत मतदाताप्रति गुनासो गरेका छन् । सूचना तथा सञ्चार प्रविधि मन्त्री र प्रदेश १ को मुख्यमन्त्रीसमेत भएका राईले मतदाताप्रति लक्षित गर्दै जिल्लाको विकासमा काम गर्दा पनि कामको […]

काठमाडौँमा ५ हजार ७७९ सुरक्षाकर्मी परिचालन

काठमाडौं । मुलुकको सङ्घीय राजधानी काठमाडौँमा निर्वाचनका लागि पाँच हजार सत सय ७९ सुरक्षाकर्मी परिचालन गरिएको छ । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन स्वच्छ, भयरहित र शान्त पूर्ण रुपमा सम्पन्न गर्न पाँच हजार सात सय ७९ सुरक्षाकर्मी परिचालन गरिएको हो । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि गएराति १२ […]

निर्वाचनको स्थिर समयमा राजनीतिक गतिविधि ठप्प, के के गर्न पाईँदैन ?

काठमाडौं । गए राति १२ बजेदेखि स्थिर समय लागू भएसँगै निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका राजनीतिक छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि चुनावसँग सम्बन्धित काम बन्द भएका छन् । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि बिहीबार राति १२ बजेदेखि स्थिर समय लागू भएको निर्वाचन आयोगले जनाएको छ । […]

मौन अवधिमा प्रचार गरे २५ हजार जरिवाना

काठमाडौं । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज मध्यरातदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ मा कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्मको अवधिमा दल तथा उम्मेदावरको पक्षमा प्रचारप्रसार गर्न नपाउने व्यवस्था गरेको छ । यस अवधिमा कुनै उम्मेदवार […]

उपत्यकाका कुन निर्वाचन क्षेत्रमा कति मतदानस्थल छन् ?

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार देशभर एकै चरणमा मतदान हुँदैछ । प्रतिनिधिसभाका लागि प्रत्यक्ष र समानुपातिक गरी दुई सय ७५ र प्रदेशसभाका लागि प्रत्यक्ष र समानुपातिक गरी पाँच सय ५० पदका लागि ११ हजार पाँच सय ४३ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दुई हजार एक सय ८९ पुरुष र दुई […]

चुनावी प्रचारप्रसारका लागि आज अन्तिम दिन

काठमाडौ । आज राति १२ बजेबाट निर्वाचनको ‘स्थिर समय’ सुरू हुँदैछ । अघिल्ला निर्वाचनमा ‘मौन अवधि’ भनिएको ‘स्थिर समय’ सुरु भएपछि दल तथा उम्मेदवारहरूले निर्वाचनको प्रचारप्रसार गर्न पाउने छैनन् । बिहिबार दिनभर उम्मेदवारहरू प्रचारप्रसारको अन्तिम कसरतमा जुटिरहेको छन् । निर्वाचन आयोगले मंसिर ४ अघिको ‘स्थिर समय’ मा प्रचारप्रसार लगायत कुनै पनि गतिविधि गर्न नपाइने जनाएको […]

आज मध्यरातिदेखि भारत र चीनसँगको सीमानाका बन्द हुने

काठमाडौं । आमनिर्वाचनका लागि आज बिहीबार मध्यरातिदेखि छिमेकी मुलुक भारत र चीनसँगको अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने भएको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सरकारले सबै नाका बन्द गर्ने निर्णय गरेको हो । बिहीबार राति १२ बजेदेखि ४ मंसिर अर्थात् मतदान नसकिएसम्म नाका बन्द गर्न सरकारले समन्वय गरेको छ । अत्यावस्यक […]