पशुपतिनाथमा साउने सोमबारको तयारी पूरा

काठमाडौँ । पशुपतिनाथ मन्दिरमा साउनको पहिलो सोमबार आउने दर्शनार्थीको व्यवस्थापनका लागि गर्नुपर्ने सबै तयारी पूरा भएको छ । सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायतका तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । सौरमास अनुसार साउनको पहिलो सोमबार साउन १ गते परेको छ । साउनको सोमबार पशुपति क्षेत्रमा लाखौँ भक्तजन आउने भएकाले […]

आज साँझ खग्रास चन्द्रग्रहण लाग्ने, ग्रहण लाग्दा के–के गर्नु हुँदैन ?

काठमाडौं । आज कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ। बेलुकी ०५:११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्ग’ मा उल्लेख छ । बेलुकी ०५:१३ बजे सूर्यास्त भएपछि […]

सूर्यदेवको आराधना गरी आज छठ पर्व मनाइँदै

काठमाडौं । छठपर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा […]

यस्तो छ भाइटीकामा दाजुभाइ र दिदीबहिनीले टीका लगाउँदा प्रार्थना गर्ने मन्त्र

विजया दशमी अर्थात् बडादसैँमा मान्यजनबाट टीकासँगै आशीर्वाद ग्रहण गरिन्छ । बडादसैँमा पुरुष र स्त्रीलाई दिइने आशीर्वादको मन्त्र फरक–फरक भएजस्तै तिहार अर्थात् यमपञ्चकमा दाजुभाइका लागि दिदी–बहिनीले र दिदीबहिनीका लागि दाजुभाइले मन्त्र पढी प्रार्थना गर्ने विधान छ । ती दुवै मन्त्रका श्लोकको अर्थसहित यहाँ प्रस्तुत गरिन्छ ।  टीका लगाइसकेपछि दिदी–बहिनीले दाजुभाइका लागि प्रार्थना गर्ने मन्त्र ः मार्कण्डेय […]

दिदीबहिनी एवं दाजुभाइ नहुनेका लागि आज बालगोपालेश्वर खुला हुने

काठमाडौं । आज यमपञ्चक अर्थात तिहारको मुख्य दिन बालगोपालेश्वर मन्दिर खुला गरिएको छ । दिदीबहिनी नहुनेका लागि आज एक दिनका लागि काठमाडौँको रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला गरिएको हो । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुने भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् […]

आज भाइटीकाको उत्तम साइत ११:३७ बजे

काठमाडौं । तिहारको मुख्य दिन आज भाइटीका पर्व । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई […]

नेपाल संवत् ११४२ सुरु, आजै म्ह: पूजा

काठमाडौँ । नेपाल संवत् ११४३ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्टिय विभूति शंखधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुआत गराएका थिए । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी […]

नेपालीहरुको महान चाड तिहार आजदेखि सुरु, काग तिहार भने भोलि

काठमाडौं । यमपञ्चक अर्थात् तिहार आज शनिबारदेखि सुरु भएको छ । तर काग तिहार भने भोलि आइतबार परेको नेपाल पञ्चाग निर्णायक विकास समितिले जनाएको छ । कात्तिक कृष्ण त्रयोदशी तिथि परेकाले शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरू हुन्छ । आइतबार बेलुकी […]

कात्तिक ८ गते मङ्गलबार खण्डग्रास सूर्यग्रहण

काठमाडौं । कात्तिक ८ गते मङ्गलबार कात्तिक कृष्ण औँसीका दिन खण्डग्रास (थोरै सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले अपराह्न ४ः ५२ बजे स्पर्श गर्नेछ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ः २४ बजे सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । करिब ३२ मिनेटमात्र नेपालबाट ग्रहण […]

आज दशैँको तेस्रो दिन मान्यजनबाट टीका र जमरा ग्रहण गर्नेक्रम जारी

काठमाडौं । आज बडा दशैँ अन्तर्गत विजया दशमीको तेस्रो दिन, आफन्त तथा मान्यजनबाट टिका र जमरा ग्रहण गर्ने क्रम जारी छ । विजया दशमी अर्थात टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसादको रुपमा मान्यजनबाट टीका र जमरा ग्रहण गर्ने चलन रहेको छ । विजयादशमीका दिन टिका लगाउन छुटेका वा टाढाटाढा भएकाहरुले कोजागत पूर्णिमासम्म टिका लगाउने […]