कात्तिक ८ गते मङ्गलबार खण्डग्रास सूर्यग्रहण

काठमाडौं । कात्तिक ८ गते मङ्गलबार कात्तिक कृष्ण औँसीका दिन खण्डग्रास (थोरै सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले अपराह्न ४ः ५२ बजे स्पर्श गर्नेछ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ः २४ बजे सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । करिब ३२ मिनेटमात्र नेपालबाट ग्रहण […]

एक जनाले दुईवटा मात्र सिमकार्ड लिन पाउने

काठमाडौं । अबदेखि एकजना प्रयोगकर्ताले एउटा मोबाइल सेवा प्रदायकबाट दुईवटाभन्दा बढी सिमकार्ड लिन नपाउने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले गरेको परिपत्र अनुसार एक व्यक्तिको नाममा दुईवटा भन्दा बढी सिमकार्ड नदिन मोबाइल सेवा कम्पनीलाई निर्देशन दिइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रका अनुसार अबदेखि एकवटा मोबाइल सेवा प्रदायक कम्पनीको बढीमा दुईवटा मात्रै […]

फेसबुकमा जुकरबर्गसहित हजारौँको फलोअर्स गायब

काठमाडौं । फेसबुकको सीईओ मार्क जुकरबर्गसहित लाखौं सेलिब्रेटीका फेसबुक अकाउन्टबाट फलोअर्स गायब भएको छ । बुधवार बिहानदेखि देखिएको सुरक्षा कमजोरीका कारण सेलिब्रेटीका फलोअर्सको संख्या घटेको देखिएको छ । फेसबुकका संस्थापक तथा सीईओ मार्क जुकरबर्गको फलोअर्स ११ करोड ९० लाख रहेकोमा घटेर ९ हजार हाराहरीमा देखिएको छ । फलोअर्सको संख्या थपघट भैरहेको छ । सामाजिक सञ्जाल […]

आजदेखि मौसममा क्रमिक सुधार आउने

काठमाडौं । नेपालको आसपास विकास भएको न्यूनचापीय प्रणाली कमजोर भएसँगै आजबाट मौसम क्रमिकरूपमा सुधार हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सक्रिय रहे पनि न्यूनचापीय प्रणाली कमजोर रहेकाले मनसुन क्रमिकरूपमा सुधार हुँदै गएको महाशाखाका मौसमविद् हीरा भट्टराईले जानकारी दिए । उनले अबको दुई दिनपछि नेपालको मौसममा पूर्णतया सुधार हुने […]

आज र भोलि पनि वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशभर बदली हुने र अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने जनाएको छ । बंगालको खाडीमा विकसित भएको न्यून चापीय क्षेत्रको प्रभाव उत्तरपश्चिमी तर्फ सर्दै जाने क्रममा त्यसको असर नेपालमा पनि परेकाले मौसम बदली भएको हो । मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा […]

आगामी दुई दिन देशभरका यी नदीहरुमा बहाबको जोखिम, सतर्कता अपनाउन आग्रह

काठमाडौं । आगामी तीन दिन देशका अधिकांश नदीमा बहाव बढ्ने भएको छ । पश्चिम सेती, महाकाली, बबई, पश्चिम राप्ती र यसका सहायक नदीहरूमा बहाव सतर्कता तह आसपास पुग्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । आज पूर्वदेखि पश्चिमसम्मका विभिन्न जिल्ला भई बहने ससाना नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बहावसमेत हुन सक्ने पूर्वानुमान रहेकाले तटीय […]

यस्तो छ आज देशभरको मौसमको अवस्था

काठमाडौं । हाल देशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । आज सोमबार बिहान देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली […]

यस्तो छ आजको मौसम पूर्वानुमान, यी तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मधेस र बागमती प्रदेश लगायत देशको अन्य प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। गण्डकी र बागमती प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो प्रदेश १, बागमती र गण्डकी […]

कस्तो रहला त आजको मौसम ?

काठमाडौं । देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ। हाल मनसुनको न्यून चापीय रेखाको सामान्य प्रभाव रहेको छ। जसको प्रभावले प्रदेश १, मधेस र बागमती प्रदेशका एक(दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहीबार दिउँसो प्रदेश १, मधेश र बागमती प्रदेशका एक(दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। यी स्थानमा […]

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । प्रदेश १ ,बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ। प्रदेश नं १ का थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक/दुई स्थानहरूमा हल्का वर्षा भइरहेको छ। सोमबार प्रदेश १, मधेस प्रदेश, […]